नेतृहरुको एकै स्वर : ‘महिला हकलाई उजागर गर्नुपर्छ’

लोकपथ
56
Shares

काठमाडौं । महिला नेतृहरुले राजनीतिक वृत्तमा महिलाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै महिला हक अधिकारलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार नारी दिवसका अवसरमा भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृहरुले सो कुरा बताएका हुन् ।

काठमाडौंस्थित र्‍याडिसन होटलमा गोलमेच छलफलमा सहभागी महिला वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरे ।

“महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु” विषायक सो छलफलमा नेपालका वरिष्ठ राजनीतिक नेतृहरु डा. आरजु राणा देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, माननीय सांसदहरु श्रीमती डा. बिन्दा पाण्डे र पुष्पा भुषाल लगायतको सहभागीता थियो ।

प्राध्यापक इला शर्माले सहजीकरण गरेको सो छलफलका वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?