काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको तयारी तिव्र पारेको छ ।
स्थानीय तहको निर्वाचनको तयारीस्वरुप कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पठाएको छ ।
‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सञ्चालन गरेर कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा केन्द्रीय नेताहरु खटाएको हो ।
त्यसका लागि कांग्रेसले ७७ वटै जिल्लाहरुमा पदाधिकारी र केन्द्रीय सदस्यहरु खटाएको छ। केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सानेपा बोलाएर निर्देशन दिएका छन्।
कांग्रेसले जिल्ला–जिल्लामा खटाइएका प्रतिनिधिहरुको नाम सार्वजनिक गर्ने बताइएको छ। उनीहरुलाई फागुन २७ गते नै सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिइएको छ।
जिल्ला जाने केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरु हुन अघि र सुरु भइसकेपछि अनिवार्य रुपमा सबै स्थानीय तहमा पुग्न भनिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया