ताकममा किशोरी सम्मेलन

लोकपथ
28
Shares

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मङ्गलबार भएको सम्मेलनले बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको सङ्गमका अध्यक्ष दिपेन्द्र शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?