२० मङ्सिर २०८०, बुधबार

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा, कसले मार्ला बाजी ?

२०७४,आश्विन,२६,बिहीवार १५:५७

0
Shares

काठमाडौँ, २६ असोज – गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन् ।उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरिन् ।साथै, संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कूटनीतिकस्तरमा अझ पारदर्शीरुपमा विकास गर्न र संघले अहिले निर्माण गरिरहेका मेगा परियोजनालाई समयभित्र सम्पन्न गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । यसैबीच, अध्यक्षका अर्का प्रतिस्पर्धी भवन भट्टले पनि आज आयोजित उम्मेदवारी सभामा आफ्नो उम्मेदवारी घोषणा गरे ।सो पदका लागि आफू योग्य रहेको दाबी गर्दै भट्टले एनआरएनको उपाध्यक्षको जिम्मेवारीमा रही आफूले सम्पूर्ण गैरआवासीय नेपालीको समस्या, पीर, मर्का बुझेको बताए ।उनले आवासीय र गैरआवासीय नेपालीबीच सहकार्यका लागि समन्वयको वातावरण तयार गरी एनआरएनको ‘भिजन २०२०’ तथा सामूहिक लगानीका परियोजना कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।नेपालमा पूर्वाधार विकास तथा निर्माणमा लगानी बढाउने र रोजगारीको अवसर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्यासी भट्टले भने – “आफ्नो जितको पहिलो आधार नै सम्पूर्ण एनआरएनका साथीहरु हुन्, म त लगभग साझा उम्मेदवारका रुपमा उभिएको छु ।”उनले आफूलाई एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने र हालका अध्यक्ष डा शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको जानकारी गराए ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १५:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार