काठमाडौं । काठमाडौंको नेपालटारबाट प्रहरीले विप्लप माओवादीका कार्यकर्ता पक्राउ गरेको छ ।
राजधानीमै गोप्य भेला गरेको भन्दै झण्डै दुई दर्जन भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
बालाजुको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा विप्लप माओवादीले गोप्य भेला गरिरहेको थियो । भेलामा पार्टी प्रवेश कार्यक्रम भइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विप्लप कार्यकर्तालाई आवश्यक अनुसन्धानपछि छाडिने महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया