काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छिन् ।
मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनी एमसीसीका आचोजकहरुलाई प्रश्न समेत गरेकी छिन् ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधा दुनियाँमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।
सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उहाँले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्याइन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्विकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साहे चिन्तित भएको हो त ? त्यसो त नहोला ।’
मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोइन् । उनले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया