डा. केसी अनसन बस्न जुम्लामा, स्थानीय प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

सुर्खेत । डाक्टर गोविन्द केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनसन सुरु गर्ने तयारी थालेपछि स्थनीय प्रशासनले स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका छ । 

जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक सूचना टाँसी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०० मिटर वरपर कुनै पनि प्रकारको अनशन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न निषेधित क्षेत्र तोकेको हो । 

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको भन्दै सोको विरोधमा डा केसी १५औँ अनशन बस्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका हुन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?