गोरखा । नयाँ पार्टीका संयोजक एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले आकाश तिर मात्र हेरेर देश नचल्ने बताएका छन् ।
गोरखा सदरमुकाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले वाम गठबन्धनको सरकार नीति तथा कार्यक्रम छनौटमा असफल भएको बताए । ‘आकाशतिर हेरेर जमिनमा टेक्नुपर्ने हो तर उहाँले आकाश मात्र हेर्नुभयो, जमिनमा टेक्नुभएन,’ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भट्टराइले भने, ‘पानी जहाज र रेलको ठूला कुरा गरिरहनुभएको छ तर अहिलेको आवश्यकता सडकमा भने कुनै चासो दिनुभएको छैन ।’
त्यस्तै प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा टिप्पणी गर्दै उनले भने, ‘भारतसँग मात्र निर्भर हुनुभन्दा चीनसँग पनि सम्बन्ध सुधार गर्नु आवश्यक छ, प्रधानमन्त्रीको ६ दिने औपचारिक चीन भ्रमण नीतिगत रुपमा राम्रो भएपनि व्यवहारमा ठोस परिवर्तन छैन ।’
सरकारले आफ्नो चुनावी क्षेत्रबाहेक अरु क्षेत्रलाई ध्यान नदिएको उनको आरोप छ ।
आर्थिक वर्ष २०७५–०७६ को बजेटमा कुनै नयाँपन नभएको भन्दै भट्टराईले यसले जनताले अपेक्षा गरेको आर्थिक वृद्धिदर र समृद्धि पूरा नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया