देशभर मौसम सक्रिय, तराई र चुरे क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जन तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय बनेसँगै देशभरका विभिन्न भागमा वर्षा शुरु भएको बताएको छ । 

महाशाखाका अनुसार देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यस्तै मध्य र आसपासका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ ।

देशभर मौसम सक्रिय भएसँगै आज र भोलि वर्षा हुन सक्ने सम्भावना देखिएकोले चुरे क्षेत्रबाट प्रवाह हुने सबै खोलानालाहरुमा बाहव खतरा हत भन्दा माथि जान सक्ने महाशाखाले जनाएको छ । 
तराई र चुरे क्षेत्रमा पर्ने सबै जिल्लाहरुमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ । त्यस्तै पहाडी क्षेत्रका वेसिहरुमा बाढी सतर्कता अपनाऔँ र पहिरोग्रस्त क्षेत्रमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी मध्य भागको बागमती र रिउखोला र पूर्व तर्फका प्राय सबै नदीहरू मेची, कन्काई, कमला, खाडो, रातु गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुमा वहाब खतराको तहसम्म पुग्ने अनुमान गरिएको छ । साथै कमला, खाडो, गागन, रातु, बागमती, पूर्वी राप्ती, रिउखोला, बाणगङगा, पश्चिम राप्ति, बबई, मोहना, मछेली लगायत चुरे र महाभरतबाट बहने नदीहरू मध्य केहीमा बहाव खतरा तह सम्म पुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?