‘महिला अधिकारलाई जीवन दिनु हामी सबैको जिम्मेवारी हो’

लोकपथ
494
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले अझै पनि महिला अधिकारका कुरा नारामा मात्रै सिमित भएको बताएका छन् ।

११२औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देशन दिँदै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले नारामा मात्रै सिमित नारी अधिकारलाई जीवन दिनु सबैको जिम्मेवारी भएको बताएका हुन् । त्यस्तै नारी अधिकार सुनिश्चिताका लागि सबैले हातेमालो गरेर अघि बढेमा मात्रै लोकतन्त्र बलियो हुनेमा जोड दिए ।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भनेका छन्, अझै पनि महिला अधिकार नारामा मात्रै सीमित छ । व्यवहारमा करिब मृत जस्तै छ। यसलाई जीवन दिनु हामी सबैको जिम्मेवारी हो । यसका लागि हामी सबैको सहकार्य सँगै हुनुपर्छ । सबैको अधिकार बराबरी हुन सकेमा मात्र लोकतन्त्र बलियो हुन्छ।’

महिलाहरुले परिवार हुँदै समाज, राष्ट्र हुँदै अन्तर्राष्ट्रियस्तरसम्म आफूलाई उभ्याएका कथाहरु भएकोप्रति जोड दिँदै महिलाका मुद्दाहरु समाजमा ओझेल परेको बताए ।

संघर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास, र थप उपलब्धि र दिगो विकासका निम्ति निरन्तर बहस र संघर्ष आवस्यक रहेका नेता पौडेलको जोड रहेको छ ।

’एउटा समान्य परिवार हुँदै समाज, राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तरसम्म आफूलाई उभ्याएर मानव सभ्यता नै डोर्याएका नारीका कथा अनगिन्ती छन् ।’ उनले भनेका छन्, ‘समाज परिवर्तनका हरेक खण्डमा समान भूमिका र योगदान गर्ने महिलाका कतीपय मुद्धा अझै ओझेलमा परेका छन् । संघर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास, र थप उपलब्धि र दिगो विकासका निम्ति निरन्तर बहस र संघर्ष आवस्यक छ।’

आज ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?