राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुन्छ : केपी शर्मा ओली

लोकपथ
247
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको बताउनु भएको बताएका हुन् । उनले सत्य र असत्यको लडाइँ बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशी बीचको लडाइँ भएको बताए । अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

अध्यक्ष ओलीले भने, ‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाइँ हुन्छ । आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । असत्यको प्रतिकको लडाइँ भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट हामी नेकपा एमाले अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?