यस्तो बन्यो नेपाली कांग्रेस कैलालीकाे नयाँ कार्यसमिति

लोकपथ
84
Shares

धनगढी । नेपाली कांग्रेस कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

आइतबार धनगढीमा एक समारोहबीच कांग्रेस कैलालीको पार्टीको कार्यालयमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरियो ।

निर्वाचन अधिकृत टेक प्रसाद सुवेदीले नवनिर्वाचित जिल्ला सभापति नारायणदत्त भट्ट तथा पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा नवनिर्वाचित सभापति भट्टले भने, ‘म कसैप्रति कुनै पनि प्रकारको रिसराग नराखी काम गर्नेछु ।’ उनले आफूले पार्टीलाई बलियो बनाउने बताए ।

उनले भने, ‘मैले कसैप्रति विभेद गरेर एकलौटी ढंगले अघि बढेमा म राजनीति छोड्छु, तर बेइमानी गर्दिनँ ।’

कार्यक्रममा पार्टी सभापतिमा पराजित प्रकाश बहादुर बमले प्रमाणपत्र ग्रहण गरेजस्तो पार्टीको पाँचवर्षे जिम्मेवारी सम्हालेर सञ्चालन गर्न गाह्रो हुने बताए ।

‘यो कठिन बाटोमा मेरो अनुभवलाई उपयोग गर्नुहोला । पार्टी नेतृत्वले मलाई सम्मान दियो वा सल्लाह सुझाव मागेमा पूर्ण सहयोग गर्नेछु’, उनले भने ।

निर्वाचनबाट जिल्ला कार्यसमिति उपसभापतिमा भीम बहादुर बडुवाल र खेमराज डंगौरा थारु निर्वाचित भएका छन्् ।

त्यस्तै, सचिवमा नृप बहादुर सुनार र केशवराज मिश्र, सहसचिवमा कलेशुराम चौधरी र रामसमझ राना निर्वाचित भएका छन्् । महाधिवेशन प्रतिनिधिमा भीमबहादुर शाह निर्विरोध निर्वाचित भएका छन्् ।

मधेशी मुस्लिम सदस्यमा सुजिता यादव, अल्पसंख्यक–अपाङ्ग सदस्यमा कृष्णप्रसाद धमला, आदिवासी जनजाति सदस्य कमलबहादुर पुनमगर तथा खसआर्य खुला सदस्यमा उत्तमराज जोशी, ओमजंगबहादुर सिंह र गणेशबहादुर खड्का निर्वाचित भएका छन् ।

त्यस्तै, भूगोल खुला सदस्यमा रोशन सिंह, अमरबहादुर खत्री पौडेल, योगेन्द्र विष्ट, डिलबहादुर भाट, तर्कराज उपाध्याय, धनबहादुर मल्ल, आनन्द हमाल, बमबहादुर बम, तपेन्द्रकुमार भुल (भुषाल), प्रकाश जोशी, रतनबहादुर कठायत, सुशील शाह, टंकप्रसाद जोशी, मानबहादुर साउद, गजेन्द्रबहादुर बिष्ट र अर्जुनबहादुर स्वाँर निर्वाचित भएका छन् ।

भूगोल महिला सदस्यमा अनिताकुमारी चौधरी, चन्द्रलक्ष्मी शाह, गाहनी चौधरी, गुलियाकुमारी चौधरी, लिलादेवी खत्री, किरण कुश्मी चौधरी, कल्याणी सिंह, सुशीला भट्ट, उत्तरा देवी बम, नन्दा शर्मा, झरना सिंजालीमगर र राधिका जोशी रहेका छन् ।

खसआर्य खुल्ला सदस्यमा गणेशबहादुर शाह र टेकेन्द्रबहादुर धामी, महिला सदस्यमा देवकी कार्की, ललीतादेवी देउवा, सरस्वती बस्नेत र हस्ता भण्डारी, थारु खुल्ला सदस्यमा जग्गुप्रसाद चौधरी, पतिराम चौधरी, बलबहादुर कठरिया थारु, भंगी राना र श्रीपाल चौधरी छन् ।

त्यस्तै, महिला सदस्यमा कल्पनादेवी चौधरी, निर्मला कुमारी चौधरी, फुलन देवी वडायक, र शारदा चौधरी रहेका छन् भने दलित सदस्यमा गणेशबहादुर सुनार, चक्रबहादुर नेपाली र विमला जैरु रहेका छन् । भूगोल खुला सदस्यमा तारामल कठरिया, कमलाकान्त पन्त, प्रेमराज भट्ट र खुशीराम चौधरी छन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा सहायक निर्वाचन अधिकृत लक्ष्मीप्रसाद ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?