नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखको हात खाली हुने

लोकपथ
1.5k
Shares

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।

नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?