हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
156
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ पाँच पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्रीदर १० रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?