काठमाडौंको रामकोटमा एकै परिवारका ५ जना बेहोस फेला परेका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरिएको छ । नागार्जुन नगरपालिकास्थित रामकोटमा सोमबार साँझ एकै परिवारका ५ जना बेहोस् अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको बिरामी अवस्थामा स्वयम्भूस्थित मनमोहन अस्पताल उपचार भइरहेको महानगरीय प्रहरी परिसरका एमसी दिनेश मैनालीले जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया