विशेष अदालतले पायो पूर्णता

लोकपथ
14
Shares

विशेष अदालतमा तोकिएका नवनियुक्त छजना न्यायाधीशले आज पदबहाली गरेका छन् । न्याय परिषद्को यही फागुन ११ गतेको निर्णयानुसार तोकिएका अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला र डा खुशीप्रसाद थारूले पदबहाली गरेका हुन् ।

नवनियुक्त अध्यक्ष पौडेलले विशेष अदालतमा रहेका मुद्दालाई छिटोछरितो र प्रभावकारी रुपले टुङ्ग्याउन आफू र आफ्नो समूह प्रतिबद्ध रहेको उल्लेख गर्दै विशेष अदालत ऐन, २०५९ को मर्म र भावनाबमोजिम न्यायिक सुशासन कायम गर्न र मुद्दा व्यवस्थापनमा थप प्रभावकारिता अभिवृद्धि गर्न न्यायाधीश तथा कर्मचारीलाई आग्रह गरे ।

विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षेत्रीले अदालत व्यवस्थापनको सङ्क्षिप्त विवरणसहित अध्यक्ष तथा सदस्य न्यायाधीशहरूलाई स्वागत गर्दै सेवाग्राहीको सन्तुष्टि मापन सर्भेक्षणबाट मुद्दाको किनारा छिटोछरितो होस् भन्ने सरोकारवालाहरूको सुझाव अब कार्यान्वयन हुनेमा आफू आशावादी भएको र न्यायाधीशहरूको आगमनले विशेष अदालतले पूर्णता पाएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?