१. स्थानीय तहको निर्वाचनमा ७२ दलले देशैभरि उम्मेदवारी दिने, १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहमा पठाइएको निर्वाचन आयोगको भनाइ
२. नेकपा माओवादी केन्द्रले ग¥यो केन्द्रीय कमिटी विस्तार, ९७ जना केन्द्रीय सदस्यमा मनोनीत, अध्यक्ष प्रचण्डका छोरी र ज्वाइँसमेत समेटिए
३. बिमस्टेकको पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चैत १६ गते श्रीलङ्का जाने, सम्मेलनमा नेपालसहित सातवटै देशका राष्ट्रप्रमुख सहभागी हुने ।
४. स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले थाल्यो तीव्र तयारी, आवश्यक परामर्शसहित फागुन २९ गतेसम्म देशभर केन्द्रीय प्रतिनिधि पठाउँदै
५. स्थानीय निर्वाचनमा तालमेल गरेर ठूलो सफलता हासिल गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी, स्थानीय तह निर्वाचन केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा आफूहरू लागेको प्रतिक्रिया ।
६. उद्यमशीलतामार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको जोड, आर्थिक विकासमा महिलाको सहभागिता वृद्धिका लागि उत्पादनदेखि बजारीकरणसम्म राज्यले सहुलियत दिनुपर्ने भनाइ ।
७. कोरोना संक्रमणदर दिनहुँ ओरालो लाग्दै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जना संक्रमित थपिँदा ३ सय ७६ जना संक्रमणमुक्त
८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको सरकारी निष्कर्ष, सुरक्षा व्यवस्था थप मजबुत बनाउन गृहमन्त्री बालकृष्ण खाँणलाई छानबिन समितिको सुझाव ।
९. अख्तियारद्वारा विद्युत् प्राधिकरण ललितपुर सबस्टेसनका प्रमुख सोमप्रसाद पहाडीविरूद्ध विशेष अदालतमा मुद्दा, बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारको भनाइ ।
१०. नेपाल एयरलाइन्सले पायो साउदी अरेबियाको तीनवटा सहरमा उडानको अनुमति, पहिलो चरणमा चैतदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान भर्ने ।
११. ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु, निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ ।
१२. रुसले प्रस्ताव गरेका ६ वटा मानवीय करिडोर अस्वीकार हुने युक्रेनको भनाइ, युक्रेनी नागरिकलाई युक्रेनी भूभागबाट घर छोड्न पाउने अधिकार रहेको प्रतिक्रिया ।
१३. अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन चिनियाँ विदेशमन्त्री वाङ यीको आग्रह, द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउन जोड ।
१४. स्कुलस्तरीय राष्ट्रव्यापी बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि हुने, प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरसमूहकाले भाग लिन पाउने, पुरुषमा १० र महिलामा ८ गरी जम्मा १८ प्रतिस्पर्धा गराइने ।
१५. र, राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक, चैत १० गते हुने खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया