रसुवामा पहिलो पटक डार्स खेल हुँदै

लोकपथ
49
Shares

रसुवा । रसुवामा पहिलो पटक डार्स खेल हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को तयारी र नेपाल डार्टस संघको आयोजनामा जिल्लामा पहिलो पटक प्रथम हाईअल्टिच्युट डार्स खेल हुने भएको हो ।

मंगलबार सदरमुकाम धुन्चेस्थित मिनीगोसाईकुण्डमा प्रतियोगिता सन्चालन हुने केन्द्रीय सचिव विनुपराज खनालले जानकारी दिएका छन् । प्रतियोगितामा देशैभरिबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीबीच प्रतिस्पर्धा हुने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई मेडल, प्रमाणपत्र र अन्य गिफ्टद्धारा पुरस्कृत गरिने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?