शम्भू माली कपिलवस्तु । कपिलवस्तुको बुद्धस्थल तिलौराकोटमा र यशोधरा गाँउपालिकामा धान रोपाइँ उत्सव मनाइएको छ ।
कृषि भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले खेतमा हलो जोतेर उद्घाटन गरेका हुन् । हलो जोते पछि मन्त्री खनालले खेतमा रोपाइ गरेका थिए ।
शुक्रबार लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा तिलौराकोटको दरबारनजिक रहेको ऐतिहासिक स्थल कन्थक स्पुत छेउ ४ कठ्ठामा धान रोपेर मंगलोत्सव मनाइएको हो । शाक्यवंशीय राजधानी कपिलवस्तुमा २६ सय वर्ष अघिदेखि नै राजा शुद्धोदनले राजकीय धान रोपाइँ मंगलोत्सव धुमधामले मनाउँथे गर्थे ।

प्रचिन कपिलवस्तुको राजधानी तिलौराकोटमा महाराज शुद्धोधनको पालादेखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन रहेको र यस वर्ष देखि सोही महोत्सवको पुनः निरन्तरता दिने उद्देश्यले धान रोपाई मंगलोत्सव गर्न लागिएका लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले बताए । यशोधरा गाँउ पालिकाको अयोजनामा यसै पालिकाको वडा ८ मा धान रोपाई गरि १५ औं धान दिवस रोपाइ महोत्सव मनाएका थिए ।
कार्यक्रममा धान रोपाइ शुरु गर्नु भन्दा पहिले अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले सिल पाठ गरेका थिए । त्यस पछि रोपाइ शुरु गरे रोपाईमा पन्चेबाजा बजाइ असारे भाका लगाइएको थियो । यस्तै गरी मंगलोत्सवमा स्थानिय अहिरववा नाँच, थारु लाठी नाच कोहार नाच लगायत विभिन्न जातजातिको झाल्को दिने नृत्य समेत प्रस्तुत गरीएको थियो ।
तत्कालको लागी यहाँ भएका पोखरीहरुको संरक्षण गरी पानी संचित गरीने र दिर्घ कालिन योजनाको लागी नौमुरेको पानी नहर बनाइ यहा ल्याइने खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया