सरकारले कृषिमा दिएको अनुदान जनस्तरमा अझै पुगेको छैन : नेता केसी

काभ्रे । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कृषिमा सरकारले दिएको अनुदान जनस्तरसम्म पुग्नुपर्ने बताएका छन् ।

आसार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा काभ्रेमा ओयोजित रोपाई कार्यक्रममा नेता केसीले उक्त धारणा राखेका हुन् । उनले जनतालाई कृषिमा आत्मनिर्भर र विदेशिएका युवालाई समेत कृषिमा आकर्षण गर्नुपर्नेमा जोड दिर्दै भने, “सरकारले सधै कृषिमा यति अनुदान भन्छ तर त्यो बजेट सिमित व्यक्तिलेमात्र पाएको देखिन्छ ।”  

नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको धान रोपाई कार्यक्रममा प्रमुख आथिति नेपाली कांग्रेस केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी रहेका थिए । भने नेपाली कांग्रेस केन्द्रिय सदस्य शिव हुमागाई , काभ्रे कांग्रेस सभापनि मधु आचार्य लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?