काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पहिलो पोलिटब्यूरो बैठक बसेको छ ।
केही बेरअघि काठमाडौंको अर्पण पार्टी प्यालेसमा बैठक सुरु भएको एक नेताले जानकारी दिए ।

एमसीसी, स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको थियो ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ । बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।
त्यस्तै एसले फागुन २५ र २६ गतेका लागि केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया