उस्तै दुःखमा किसान, शहरका बासिन्दालाई हिलो खेल्ने फेसन (फोटो फिचर)

काठमाडौं । आज असार १५ अर्थात धान दिवस । ‘मानो रोपेर मुरी फलाउने’ दिन ।

सरकारले असार १५ लाई धान दिवसका रुपमा घोषणा गरेसँगै वर्षमा एक दिन प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्री तथा नेताहरुले खेतमै गएर धान रोप्न थालेका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको छ । 

असार १५ का दिन कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता अर्जुन नरसिंह केसी, रक्षामन्त्री ईश्वर पोखरेल, कृषि मन्त्री चक्रपाणि खनालदेखि लिएर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत हिलो खेतमा धान रोपाइँ गरेका छन् ।

काठमाडौंंको बुढानिलकण्ठ, ललितपुरको खुमलटार र भक्तपुरको खरिपाटीमा शुक्रबार धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरु सहभागी भए । 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको खरिपाटीमा आयोजित रोपाईं कार्यक्रममा सहभागी भए । देउवा सहभागी भएको उक्त रोपाईंमा हिलो खेलेर युवायुवतीहरुले रमाइलो समेत गरे । 

त्यस्तै रक्षामन्त्री ईश्वर पोखरेलले बुढानिलकण्ठमा धान दिवस मनाए भने नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले काभ्रेको साँगामा आयोजित कार्यक्रममा धान रोपेर असार १५ मनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?