काठमाडौं । भान्जी नाता पर्ने युवतीलाई बलात्कार गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका घरभइ हाल काठमाडौंको गौशाला गुह्येश्वरी बस्ने ३४ वर्षीय ज्योति श्रेष्ठ पक्राउ परेका छन् ।
हप्ता दिनअघि भएको उक्त घटनामा संलग्न श्रेष्ठलाई बिहीवार राति गुह्येश्वरीस्थित उनकै कोठाबाट पक्राउ गरी आज जवरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ ।
बलात्कृत युवतीकी आमालाई दिदीको साइनो गाँसेका श्रेष्ठले घरमा कोही नभएको मौका छोपि यस्तो कुर्तत देखाएको प्रहरी वृत्त गौशालाका प्रमुख अनुमप श्रेष्ठले बताएका हुन् । अभियुक्त श्रेष्ठलाई पीडित युवतीकी आमाले भाइ मानेर टिका समेत लगाउने गरेको बताइएको छ ।
सो घटना ढाकछोप गर्न अभियुक्त श्रेष्ठले पीडित युवतीकी आमालाई वेइज्जत हुन्छ भन्दै शुरुमा आर्थिक लोभ देखाउनुका साथै प्रहरीलाई खबर गरेमा ज्यान मार्ने सम्मको धम्की दिएको जानकारी प्रहरीले दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया