हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर

लोकपथ
143
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९० रुपैयाँ चार पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ९५ रुपैयाँ ९५ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ १० पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ तीन पैसा कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?