काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
सर्लाही घर भएका २२ वर्षीय राम वालक रायलाई लागूऔषध डाईजेपाम १ सय ४९ एम्पुल, फेनरागन १ सय ४८ एम्पुल र नुर्फिन १ सय ४९ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा ना.६ ख ३१८३ नम्बरको यात्रु वहाक बस चेक गर्ने क्रममा रायले झोलामा लुकाई छिपाई काठमाडौं ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध बरामद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया