२ आश्विन २०७८, शनिवार

कमल थापाको राप्रपाद्वारा ६५ जिल्लाबाट २०० उम्मेदवारको सिफारिस

२०७४,आश्विन,२६,बिहीवार १५:३४


काठमाडौँ, २६ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करिब २०० उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए । सिफारिस आउने क्रम जारी रहेको भए पनि शनिबार साँझसम्म उम्मेदवार चयन गरिने छ ।पछिल्लो पटक वामपन्थी शक्तिबीच धु्रवीकरण भएपछि पार्टीले लोकतान्त्रिक गठबन्धनसँग एकता गरी निर्वाचनमा जाने निर्णय गरेको छ ।समानुपातिकमा भने पार्टी संगठन सुदृढीकरणमा योगदान गर्नाका साथै सम्बन्धित क्षेत्रमा लोकप्रिय भई जनताको सेवालाई केन्द्रमा राखी विश्वास आर्जन गरेका योग्य उम्मेदवारलाई छनोट गरिने पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १५:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा सरकारलाई असहयोग गर्न निर्देशन दिएको प्रति गुनासो गरेका छन् । नेपाल

काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने जनाएको छ । जनआन्दोलन तथा मधेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई फ्रिजबाट निकालिएका आइसका डल्लाको संज्ञा दिएका छन् । शनिबार पार्टीनिकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१

ताजा समाचार

साताको सेयर बजारः ३८ अर्बको कारोबार
 २०७८,आश्विन,२,शनिवार १६:५३
अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२