तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन् ।
कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ ।
‘भीषण आगलागी नियन्त्रणका लागि सहयोग पु¥याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै क्षतिको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी एमाले तनहुँले पनि आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ । एमाले जिल्ला उपसचिव प्रदीपराज अधिकारीले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे।
आइतबार बिहान १० बजेदेखि लागेको आगो दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट करोडौँ क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया