रिलिजको केही घण्टा पहिले ‘सन्जु’ लाई लाग्यो झड्का

मुम्बई । राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ रिलिजको तयारीमा छ । फिल्मको समीक्षालाई हेर्ने हो भने यो फिल्म वर्षकै सबैभन्दा राम्रो ओपनिङ गर्ने फिल्म बन्न सक्छ । फिल्मको तारिफ भइरहेको छ ।

तर, रिलिजको केही घण्टा पहिले यो फिल्मलाई झड्का लागेको छ । फिल्मको एक महत्त्वपूर्ण सिन सेन्सर बोर्डले हटाउन भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्मको ट्रेलरमा एक सिन देखाइएको छ, जुन सिनमा सञ्जय दत्त जेलमा बन्द छन्, त्यतिबेला रातको समयमा ट्वाइलेट ओभरफ्लो हुन्छ । त्यतिबेला सञ्जय दत्तले सहयोग माग्छन् तर कोही आउँदैनन् ।

ट्रेलरमै आइसकेको यो सिनलाई सीबीएफसीले हटाउन भनेको हो । सेन्सर बोर्डका अनुसार फिल्ममा हिरोलाई असहाय देखाउने बाहेक यो सिनको कुनै काम छैन । आर्टिटिस्क नजरबाट हेर्दा यो दृश्य उचित छैन ।

फिल्मका निर्माता पनि यो कुरासँग सहमत भएका छन् । फिल्मका निर्देशक राजकुमार हिरानीले भने यो दृश्य जेलमा खिचिएको बताएका छन् । एकदिन सञ्जय दत्त पनि ठूलो पानी परेका बेला यस्तै समस्यामा परेका थिए ।

सञ्जय दत्तको भूमिकामा रणवीर कपूर छन् । यो फिल्म सञ्जय दत्तको बायोपिक फिल्म हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?