आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
49
Shares

१. प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराविरुद्धको महाअभियोगबारे अध्ययन गर्न ११ सदस्यीय सिफारिस समिति गठन, समितिमा एमाले, कांग्रेस, एकीकृत समाजवादी र जसपाका सांसद सहभागी ।

२ अब संसद् भङ्ग गरेर निर्वाचनमा जानुपर्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको जोड, संसद् भङ्ग गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने भनाइ ।

३. अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र भएको नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङका आरोप, संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको भनाइ ।

४. दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गर्नुपर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ, निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने धारणा ।

५. अर्लि इलेक्सनको सम्भावना नभएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनको भनाइ, स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कात्तिक वा मंसिर नभई प्रतिनिधिसभाको निर्वाचन सम्भावना नहुने प्रतिक्रिया ।

६. आज बसेको प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षक प्रतिवेदन पेस, अर्को बैठक फागुन २९ गतेसम्मका लागि स्थगित ।

७. बलात्कार आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँको पद निलम्बन, जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा अनुसन्धान हुँदै ।

८. नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित, आन्तरिक तयारी नपुगेकाले बैठक बस्न नसकेको नेता नारायणकाजी श्रेष्ठको भनाइ ।

९. धनुषामा एक युवकमाथि अज्ञात समूहद्वारा गोली प्रहार, घाइते युवकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो ।

१०. वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारको भनाइ, गठबन्धन सरकार निर्माणका लागि मात्रै नभएर राष्ट्रको आवश्यकता भएको प्रस्ट ।

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ९ सय २९ परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय ३८ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

१२. कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दो, अर्बौँ रुपैयाँ बाहिरिँदै, मरिचदेखि चामलसम्म विदेशकै भर ।

१३. युक्रेनको मारिओपोल सहरमा पुनः अस्थायी युद्धविरामको घोषणा, हालसम्म युक्रेन छाड्नेको संख्या १५ लाख पुगेको अनुमान ।

१४. पल्सर स्पोट्र्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक, मनोनयनमा पर्ने खेलाडीमा सन्तोषी श्रेष्ठ, कुशल भुर्तेल, प्रिन्स दाहाल, एन्जिला सुब्बा र एलिना महर्जन ।

१५. र, इङलिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा आज म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी भिड्दै, पछिल्लो ६ हारको बदला तिर्ने दाउमा सिटी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?