विनियोजन विधेयक २०७५ पारित

काठमाडौं । विनियोजन विधेयक २०७५ पारित भएको छ । शुक्रबार सभामुख कृष्णबहादुर महराले निणार्यथ प्रस्तुत गर्दा उक्त विधेयक बहुमतले स्वीकृत भएको हो । 

सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमाथि संसदमा सुरु भएको सैद्धान्तिक र दवाफाबार छलफलपछि सम्बन्धीत मन्त्री र प्रधानमन्त्रीले जवाफ दिएसँगै यो छलफल सकिएको हो । 

संघीय संसदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोग लगायतको शीर्षकमा विनियोजन विधेयकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिएका थिए । 

प्रधानमन्त्रीको जावफपछि सभामुख कृष्ण बहादुर महराले विनियोजन विधेयकमाथिको दफाबार छलफल सकिएको घोषण गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?