युवा उद्यमी श्रीवास्तवलाई एसिया अवार्ड

लोकपथ
91
Shares

काठमाडौं । युवा उद्यमी रञ्जन राज(रोशन) श्रीवास्तवले एसिया अवार्ड प्राप्त गरेका छन् । एसिया अवार्ड ग्रुपले श्रीवास्तवलाई एसिया क्षेत्रको सफल युवा उद्यमीका रुपमा ‘ एसियाज मस्ट सक्ससफुल योङ आन्टरप्रेनर अवार्ड’ प्रदान गरेको हो ।

श्रीवास्तवले युवा उद्यमीका रुपमा प्राप्त गरेको सफलतालाई मध्यनजर गर्दै एसियाली क्षेत्रकै उत्कृष्ठ अवार्ड दिइएको बताइएको छ ।

काठमाडौं । युवा उद्यमी रञ्जन राज(रोशन) श्रीवास्तवले एसिया अवार्ड प्राप्त गरेका छन् । एसिया अवार्ड ग्रुपले श्रीवास्तवलाई एसिया क्षेत्रको सफल युवा उद्यमीका रुपमा ‘ एसियाज मस्ट सक्ससफुल योङ आन्टरप्रेनर अवार्ड’ प्रदान गरेको हो । आर. ए. बि.एस इन्टरनेसनलका निर्देशक श्रीवास्तवले यो वर्षको एसीय कै सफल युवा उद्यमीको रुपमा उक्त अवार्ड प्राप्त गरेका हुन् ।

उनले मधेशमा सामाजिक अभियान चलाउनुका साथै ‘लाईट सिटी’ अभियानमा महत्वपूर्ण भूमिका खेलेका छन् । विभिन्न अभियानमार्फत व्यापार विस्तार तथा रोजगारीको अवसर सिर्जना गरेको भन्दै उनलाई एसीयन रुला अवार्ड अर्गनाइजेशनले सम्मान गरेको हो ।

श्रीवास्तवलेउक्त अवार्ड प्राप्त गरेपछि उनले यस्ता अवार्डहरुले देशमै बसेर केहि गर्न प्रेरित गरेको र थप हौसला मिलेको बताए।

श्रीवास्तवले आफ्नो सक्रियतामा अहिले काठमाडौंका अधिकांश क्षेत्र सौर्य बत्तीले झिलिमिली पारेका छन् । महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र भिलिमिली बनाउने लक्ष्यका साथै ‘लाइन सिटी’ अभियान नै चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?