कोरोना : ६ हजारमा झरे सक्रिय संक्रमित, कस्तो छ पछिल्लो अवस्था ?

लोकपथ
49
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दशेभर ४ हजार ९ सय २९ जनाको परीक्षण गर्दा ५४ जनामा पीसीआर र १४ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४७ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको संख्यामा कमी आएसँगै हाल सक्रिय संक्रमितको संख्या ६ हजारमा आइपुगेको छ । आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ६१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?