पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

लोकपथ
442
Shares

काठमाडौं । अदालतले नायक पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँले पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

१७ वर्षीया गायिकाले बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै पल शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले पल शाहको खोजी गरेको थियो । फागुन १५ गते पल आफैँ जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?