‘इन्टु मिन्टु लण्डनमा’ मा धिरज र साम्राज्ञीको जोडी (टिजर)

काठमाडौं, १५ असार – साम्राज्ञी शाह र धिरज मगरले मुख्य भूमिका निभाएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को टिजर सार्वजनिक गरिएको छ । यो फिल्मलाई कोरियोग्राफी हुँदै फिल्म निर्देशनमा आएकी रेनाशा बान्तवा राईले निर्देशन गरेकी हुन् ।

यही फिल्मबाट धिरज मगरले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । उनको जोडी साम्राज्ञीसँग छ । टिजरमा धिरज र साम्राज्ञी नै हाबी छन् ।

‘इन्टु मिन्टु लण्डनमा’ को टिजर सार्वजनिक कार्यक्रममा बोल्दै फिल्म निकै मेहनत गरेर निर्माण गरेको र आफूले यही फिल्मका लागि भनेर डेढ वर्षसम्म कोरियोग्राफीका अफरहरु रिजेक्ट गरेको बताइन् ।

नेपाल र लण्डनमा छायांकन गरिएको यो फिल्मलाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेका हुन् । फिल्ममा रेनाशा र अभिमन्यु दिक्षितको कथा छ भने आभास कर्माचार्यले संवाद लेखेका हुन् ।

चलचित्र आउँदो असोज ५ गतेदेखि रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?