काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता, गणतन्त्र लगायतका परिवर्तनका उपलब्धीहरुको पक्षमा जनमत बनाउनु पर्ने बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै, कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको भन्दै उनले भनेका छन्, ‘नेतृत्व होइन, नीतिको बहस गरौं । संघीयता गणतन्त्र लगायतका परिवर्तनको पक्षमा कांग्रेसका सबै नेता प्रष्ट र प्रतिवद्ध हुन जरुरी छ ।’
त्यस्तै निधि शुक्रबारदेखि दैनिक कार्यालय जान थालेका छन् । उनी हरेक दिन बिहान ८ः३० देखि १२ः३० बजेसम्म कार्यालयमा बस्ने योजना बनाएको बताए । पार्टीका नेतहरु कार्यालय नै नजाने गरेको गुनासो आएपछि आफू हरेक दिन कार्यालय आउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया