बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

लोकपथ
231
Shares

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् ।

मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?