३ भाद्र २०७९, शुक्रवार

सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

२०७४,आश्विन,२६,बिहीवार १५:२६

0
Shares

 काठमाडौँ, २६ असोज – अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।प्रा डा केसीले आज पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै भने , “केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् ।”डा केसी आठ दिनदेखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ आमरण अनशनमा छन् । चिकित्सा विधेयक संसद्मा विचाराधीन छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १५:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै देशलाई चाँडोभन्दा चाँडो समृद्ध तुल्याउनेतर्फ सरकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१