काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
आज बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त ११ सदस्यीय समिति गठन गरेको थियो ।
गठित समितिलाई प्रतिनिधि सभाबाट पारित भएको छ । समितिमा एमालेका तर्फबाट ४, कांग्रेसका तर्फबाट ४, एकीकृत समाजवादीबाट २ जना र जसपाबाट १ जना रहेका छन् ।
गत फागुन १ गते सत्तारुढ गठबन्धनका ९८ जना सांसदहरुले प्रन्याविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।
महाअभियोग सिफारिस समिति
एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया