काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेरमा बस्न लागेको हो ।
आजको बैठकमा सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगका विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।
आज बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले महाअभियोगसहित २ कार्यसूची तय गरेको हो ।
बैठकमा महाअभियोग सिफारिस समितिसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
गत फागुन १ गते सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया