सोलुखुम्बुमा जीप दुर्घटना : ७ जनाको मृत्यु

सोलुखुम्बु । नेचा सल्यानबाट पतलेबजार हाटमा जादै गरेको को १ झ १८६० नम्बरको जीप सोलुखुम्बुमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान ७ः३० बजे जीप सोलुको कुण्ड नगरपालिका –११, तिङ्ला र नेचा सल्यानको सीमानामा दुद्र्धटना भएको हो । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । 

दुर्घटनामा मृत्यु हुने यात्रुहरुमा सिराहा चनौठा १ का ३६ वािर्षय शिवकुमार यादव, खोटाङको खाल्डे गाउपालिका ८ का २४ वर्षिया कोपीला बस्नेत (कार्की), सोलुखुम्बु नेचा गाउँपालिका २ का उर्मिला बस्नेत, सोही स्थानकी सुशीला खड्का र ओखलढुङगा माम्खा ५ का श्यामकुमार रहेका छन् । 

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी करिव ९ वर्षिया बालिका सुस्मा खड्काको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?