काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)ले पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एसले फागुन २३ गते पोलिटब्यूरो र फागुन २५ र २६ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा गत आइतबार संसदबाट अनुमोदन भएको एमसीसी र स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल हुनेछ ।
खतिवडाका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन समेत पेस गरिने बताइएको छ ।
बैठक अर्पण पार्टी प्यालेसमा बस्नेछ ।
सरकाले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै विभिन्न राजनीतिक दलहरुले छलफललाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया