काठमाडौं । धनुषामा एक युवकमाथि अज्ञात समूहद्वारा गोली प्रहार भएको छ ।
जनकपुर उपमहागरपालिका वडा नं १९ शिवपुर भन्ने ठाउँमा १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको हो ।
कमला नगरपालिका वडा नं ८ घर भइ शिवपुरमा मामाको घरमा आएको समयमा अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता दिपेन्द्र बस्नेतले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार गोली लागेका मुकेश मामाको घरमा आएको र मामाको किराना पसलमा बसेको अवस्थामा गोली प्रहार भएको थियो । गोली लागि घाइते भएका उनको उपचारको लागि प्रादेशीक अस्पताल जनकपुर ल्याइएको र त्यहाँ उपचार संभव नभएपछि राति नै काठमाडौं ल्याइएको उनले बताए ।
‘१८ वर्षीय मुकेश मुखियामाथि किनारा पसलमा आफ्ना साथीहरुसँग बसेर गफ गरिरहेको अवस्थामा शनिबार राति ८ बजेको समयमा गोली प्रहार भएको हो ।’ उनले भने, ‘घाइते मुखियाको प्रादेशीक अस्पताल जनकपुरमा उपचारको लागि लगिएको र थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’
त्यस्तै उनीमाथि गोली प्रहार गर्नेहरुको पहिचान भइसकेको र त्यसबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
‘उनीमाथि गोली प्रहार गर्नेहरुको पहिचान भइसकेको र त्यसबारे थप अनुसन्धान भइरहेको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया