इमाडोलमा तास खेलिरहेका २४ जना पक्राउ

लोकपथ
2.9k
Shares

ललितपुर । ललितपुरबाट तास खेलिरहेका २४ जना व्यक्तिहरु पक्राउ परेका छन् ।

ललितपुरको माहालक्ष्मी नगरपालिका-४ इमाडोलका बहादुर रानाको जस्ताले बनाएको टहराभित्र तास खेलिरहेका २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ८ बुक तास र ३ लाख ८५ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?