कांग्रेस अछाम अधिवेशन : सभापतिमा दोस्रो चरणको मतदान हुँदै

लोकपथ
377
Shares

अछाम । नेपाली कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ ।

सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।

दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट हुनेछ ।

दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?