मुलरको आत्माघाति गोलमा बायर्न रोकियो

लोकपथ
247
Shares

काठमाडौं । अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा खेलको १८औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १-१ गोलको बराबरीमा रोकिएको हो ।बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ । लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?