माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजे बस्ने

लोकपथ
182
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज आइतबार २ बजे बस्ने भएको छ ।

११ बजेका लागि तय भएको बैठक २ बजेलाई सरेको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललले जानकारी दिए ।

माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेस मा बस्ने मुख्यसचिव ढकाललले जनाएका छन् ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?