१८ चैत्र २०७९, शनिवार

पाकिस्तानबाट १० लाख अमेरिकी डलर सहयोग

२०७४,आश्विन,२६,बिहीवार १४:००

0
Shares

काठमाडौँ, २६ असोज ।पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।काठमाडौँस्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सो सहयोग प्रदान गरिएको जनाइएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा संयुक्त राज्य अमेरिकामा भेटवार्ता गर्नुहुँदा बाढीबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरे ।विज्ञप्तिमा दुई देशका सरकार र जनताका बीच सुमधुर र मैत्री सम्बन्ध रहेको र जस्तोसुकै कठिनाइको अवस्थामा पनि एकापसमा सहयोग र सदभाव रहिरहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १४:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८