एनआइसी एशिया क्यापिटलको पहिलो पूँजीबजार साक्षरता कार्यक्रम बुटवलमा

लोकपथ
195
Shares

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले बुटवलमा पहिलो पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्राबजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजीबजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी गराइएको थियो ।

मर्चेन्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेन्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जन गुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेन्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहजरुपमा पूँजीबजारमा आबद्ध भई सुरक्षित रुपमा सेयर कारोवार गर्न सकुन भन्ने मुख्य उदेश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा १०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो भने क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन तहाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरुमा समेत गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?