स्थानियद्वारा बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माणकार्य बन्द

लोकपथ
1.8k
Shares

काठमाडौं । बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माणकार्य पुन: रोकिएको छ । आम नागरिकको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा फोहरमैला थुपार्ने रणनितिमा लागेको बुझिएको भन्दै धुनीबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माणकार्य रोकेका हुन् ।

स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।

‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए ।

केही दिन अघिमात्रै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्यण्डफिलसाइटको अनुगमान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?