हाइएस्ट अल्टिच्युड डार्टस् टुर्नामेन्ट फाल्गुन २४ गते आयोजना हुँदै

लोकपथ
119
Shares

काठमाडौं । राष्टिय खेलकुद परिषदको तत्वाधन तथा नेपाल डार्टस् एसोशियसनको आयोजनामा प्रथम हाइएस्ट अल्टिच्युड (२२५० मि) डार्टस् टुर्नामेन्टको आयोजना हुने भएको छ ।

प्रतियोगिता रसुवा जिल्लामा यहि फाल्गुन २४ गते मंगलबार आयोजना हुने भएको छ ।

प्रतियोगितामा देशैभरबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीहरू बिच प्रतिस्प्रधा हुने एसोशियसनका अध्यक्ष चन्द्र प्रसाद रिजालले जानकारी दिए ।

कोरोना महामारीपछि दक्षिण एसियामा पहिलो पटक र विश्व इतिहासको उचाइँमा हुन गईरहेको पहिलो प्रतियोगितालाई सबैको साथ र सहयोगको अपेक्षा राख्दै आगामी दिनमा पनि यस्तै फरक फरक प्रकृति को कार्यक्रम आयोजना गरिने एसोशियसनका महासचिव सुदर्शन जमकटेल बताउछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?